दफा
परिषद्को काम, कर्तव्य र अधिकार

संविधानमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त परिषद्को अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) पदाधिकारीको नियुक्तिको लागि संविधानको धारा २९२ को उपधारा (१) को प्रयोजनको लागि संसदीय सुनुवाइको लागि सिफारिस गर्ने,
(ख) खण्ड (क) बमोजिम सिफारिस गरिएका व्यक्तिहरुमध्ये व्यवस्थापिका–संसद सचिवालयबाट नियुक्ति गर्न बाधा नपर्ने गरी लेखी आएको व्यक्तिलाई नियुक्तिको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने,
(ग) खण्ड (क) बमोजिम सिफारिसको लागि योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार गर्ने,
(घ) पदाधिकारीको नियुक्ति, पदावधि, पद रिक्तता, पुनर्नियुक्ति लगायतका विषयको अभिलेख अद्यावधिक गरी राख्ने